मायाघर नेपालको परिकल्पना, सडक मानवरहित नेपालको स्थापना

Contact : +9779852064323

Welcome To Maya Ghar Nepal
माया घर नेपालको परिकल्पना, सडक मानव रहित नेपाल को स्थापना’
माया घर नेपाल २०७४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले निरन्तर मानव सेवा गर्दै आएको छ । मानसिक रोगी तथा असहाय हिंसा पिडीत एवम् सडक मानवहरुको उद्धार तथा संरक्षण गर्दै आएको माया घर नेपालमा हाल १०५ जनाले आश्रय लिइरहनु भएको छ । विभिन्न क्षेत्रमा सक्रिय महिलाहरुको अगुवाईमा स्थापना भएको यो संस्थामा स्थापनाकालदेखि नै स्थानीयवासी एवम् शुभेच्छुक तथा सरकारी तथा गैह्र सरकारी निकायको स्वच्छीक सहभागिता प्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै यहाँहरुबाट पाएको साथ र माया निरन्तर रहिरहने अपेक्षा गर्दछौं । महिलाहरुको प्रयासमा इटहरी २ आयुर्वेदिक टोलमा स्थापना भएको यो संस्था मार्फत प्रत्यक्ष र अप्रत्यक्ष गरी हालसम्म ४ हजार भन्दा बढीको पुनस्थापना तथा पारिवारिक मिलन समेत गरेका छौं । सडक मानवलाई पनि मानविय व्यवहार गर्नुपर्छ र उहाँहरुको समेत मानव अधिकारका आधारभूत आवश्यक्ता पुराहुनु पर्छ भन्ने उदेश्यले स्थापना भएको यो संस्था नेपालमै नमुना संस्थाको रुपमा स्थापना भएको छ ।... Read More
Events

Recent events of Maya Ghar Nepal

whom we work

Some Of our Partners & Supporters