मायाघर नेपालको परिकल्पना, सडक मानवरहित नेपालको स्थापना

Contact : +9779852064323

Hamro Barama

Home | Introduction
Introduction



सामाजिक विकासको लागि परिर्वतन र विकास र परिवर्तनको लागि नेपाल सरकारको सहयोगीको रुपमा सेवा गर्ने उदेश्यले माया घर नेपालको स्थापना गरिएको हो । वि.सं. २०७४ सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भएको छ । विशेष गरेर विभिन्न कारणले हिंसामा परेका, मानसिक समस्या भएका र विभिन्न कारणले सडकमा जीवन बिताउन बाध्य मानिसलाई उद्धार, संरक्षण र पुनस्थापना गर्ने उद्देश्यले स्थापना भएको माया घर नेपालमा पछिल्लो एक वर्षयता नियमित रुपमा एक सय ५० जना जतिलाई संस्थाले संरक्षण दिदै आएको छ । इटहरी २ आयुर्वेदिक टोलमा स्थानीय र विभिन्न क्षेत्रमा सामाजिक व्यक्तीत्वको सहभागितामा संस्थाको नाममा करिब ८ कठ्ठा जग्गासमेत रहेको छ । माया घर नेपाल आबद्ध महिलाहरुले स्थापना अघि नै सडक मानव तथा मानिसक समस्या भएका मानिसहरुको उपचारमा समन्वय गर्दै आउनुभएको थियो । विधिवत् रुपमा २०७४ सालबाट सेवा दिन थालिएसँगै करिब ४ हजार जनाको पुनःस्थापना एवम् समन्वय गरिएको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा पिडितहरुको जिवनस्तर उकास्दै समविकासमार्फत् स्थानिय स्तरका श्रोत र साधनहको परिचालन गरी मानसिक समस्या भएका र हिंसाहरुको पुर्नस्थापना गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती गर्ने उद्धेश्यले महिलाहरुको संक्रियतामा माया घर नेपाल स्थापना गरिएको हो ।

 

संस्थाको उद्देश्यः

१. नेपाल सरकारको नीति निर्देशनमा रही यस संस्थाले निम्न काम गर्नेछ ।

२. यो गैरराजनैतिक, गैरनाफामूलक, जनहितकारी विशुद्ध सामाजिक संस्था हुनेछ ।

३. यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ ।

४. यो सस्थाले संस्कार शिक्षा दिनेछ ।

५. आत्मरक्षासम्बन्धि तालिमहरु सञ्चालन गर्नेछ ।

६. सकारात्मक जिवनशैली तथा नैतिक शिक्षा शिषयमा कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

७. असहाय, वृद्ध तथा पीडितहरुको लागि आवासगृह निर्माण गर्नेछ ।

८. समुदायको विवाद समुदायमा नै समाधान गर्नका लागि सामुदायीक मेलमिलाप कार्यक्रम सञ्चालन गर्नेछ ।

९. एम्बुलेन्स सञ्चालन गर्नेछ ।

१०. आध्यात्मीक ज्ञान, प्रवचनका माध्यमबाट सकारात्मक सोँचका विषयमा नेपालभरी नै तथा देश विदेशमा रहने नेपालीहरु समक्ष पु¥याउनका लागि पहल गर्नेछ ।

११. महिला बालबालिका, वृद्धवृद्धा, असक्त, तथा अपांगता भएका व्यक्तिहरुको वृत्तिविकास सहितको बाँच्न पाउने अधिकारको सुनिश्चितताको लागि कार्यक्रमहरु संचालन गर्ने ।          

१२. वातावरण संरक्षण तथा प्रबद्र्धनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने ।

१३. शिक्षामुलक, चेतनामुलक तथा मनोरञ्जनात्मक कार्यक्रम संचालन तथा प्रबद्र्धन गर्नका लागि छुट्टै संचार श्रोत स्थापना गर्ने तथा अन्य संचारमाध्यमहरुसँग समन्वय गरी कार्य गर्ने ।

१४. महिला अधिकार सम्बन्धि सचेतना, घरेलु हिंसा, लैंगिक विभेद विरुद्धको अभियान, महिला मानवअधिकार, महिला सम्वन्धि कानुनका बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरीनेछ ।

Contact Us
+977-9841424995 +977-9852064323
+977-9842035559
Email
For mail : mayagharnepal123@gmail.com
Website
www.mayagharnepal.com
Visit Us
Itahari-2, Sunsari Nepal
Account Detail
Account Name : Maya Ghar Nepal
A/C No: 05900106488275000001 (Nepal Bank Ltd, Itahari)
A/C No : 06310200832376000001 (Muktinath Bikas Bank, Itahari)